एसिया कप : पाकिस्तान श्रीलंकासँग पराजित
एसिया कप क्रिकेट २०२२ को सुपर फोरमा श्रीलंकाले शतप्रतिशत जित निकालेको छ । सुपर फोरको अन्तिम खेलमा फाइनलमा स्थान बनाइसकेका श्रीलंकाले शुक्रबार पाकिस्तानलाई पाँच विकेटले पराजित गर्यो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले दिएको एक सय २२ रनको लक्ष्य श्रीलंकाले १७ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । श्रीलंकाको जितमा ओपनर पथुम निशाकाले सर्वाधिक ५५ रन बनाए । यस्तै, भानुका राजापाक्षेले २४ र कप्तान दसुन सनाकाले २१ रन बनाउँदा वनिन्दु हसरंगा १० रनमा अविजित रहे । पाकिस्तानका मुहम्मद हसनैन र ह्यारिस रौफले समान दुई विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले १९.१ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय २१ रनको योगफल खडा गरेको थियो । पाकिस्तानका कप्तान बाबर आजमले सर्वाधिक ३० रन बनाएका थिए । यसबाहेक, मुहम्मद नवाजले २६, मोहम्मद रिजवानले १४ रन जोड्दा फकर जमान र इफ्खिर अहमेदले समान १३ रन जोडे । श्रीलंकाका वनिन्दु हसरंगाले तीन विकेट लिए ।
सुपर फोरमा यसअघि श्रीलंका र पाकिस्तान दुवैले भारत र अफगानिस्तानलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
-
गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण