फिन्चद्वारा एकदिवसीय क्रिकेटबाट सन्यास घोषणा
शनिबार, २५ भदौ २०७९, १० : ०८
अट्रेलियाका कप्तान आरोन फिन्चले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । फिन्चको अन्तिम खेल न्युजिल्यान्डविरुद्धको तेस्रो एकदिवसीय हुनेछ । त्यसपछि उनले सन्यास लिनेछन् ।
फिन्चले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा भने कप्तानी गर्नेछन् । यसअघि टी–ट्वान्टी विश्वपका लागि अष्ट्रेलियाले फिन्चको कप्तानीमा टिम घोषणा गरिसकेको छ । ३६ वर्षीय फिन्च फिन्च एकदिवसीयमा अष्ट्रेलियाका लागि सर्वाधिक शतक बनाउने चौंथो खेलाडी हुन् । उनले १७ शतक बनाएका छन् ।
उनले न्युजिल्यान्डविरुद्ध १४६ औं एकदिवसीय खेल खेल्दै सन्यास लिनेछन् । ‘लामो समयसम्म अष्ट्रेलियाका लागि एकदिवसीय क्रिकेट खेल्न पाए त्यसमा आफूलाई भाग्यमानी सम्झन्छु । यहाँसम्मको यात्रामा साथ दिने सबैलाई धन्यबाद,’ फिन्चले सन्यास घोषणा गर्दै भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
-
गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण