बलात्कार आरोपमा फरार रहेका लहानका उपप्रमुख महतो प्रहरीमा हाजिर
बलात्कार आरोपमा फरार रहेका सिरहाको लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतो प्रहरीमा हाजिर भएका छन् । उनी कानुन व्यवसायीमार्फत इलाका प्रहरी कार्यालय लहानमा हाजिर भएका हुन् ।
प्रहरीले महतोलाई नियन्त्रणमा लिएको सिरहाका प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । उनका अनुसार लहानस्थित प्रादेशिक अस्पतालमा उनको स्वास्थ्य परीक्षण गरि थुनामा राखिएको छ ।
गत जेठमा १९ गते जागिरको प्रलोभन देखाई २१ वर्षीय महिलामाथि बलात्कार प्रयास गरेको उनीमाथि आरोप छ । ति महिलाले साउन ४ गते इलाका प्रहरी कार्यलय लहानमा जाहेरी दिएकी थिइन ।
जाहेरी परेको खबर पाएपछि उपप्रमुख महतो सम्पर्कविहीन भएका थिए । उनी करिब दुई महिनापछि प्रहरीमा हाजिर भएका हुन् ।
उपमेयर महतोले कार्यकक्षको गोप्य कक्षभित्र लगेर जबर्जस्ती करणीको प्रयास गरेको ती महिलाले जाहेरीमा उल्लेख गरेकी छन । यता उपमेयर महतोले आफु निर्दोष रहेको र आफुलाई बदनाम गर्न खोजेको बताएका छन ।
महतो गत स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
-
नेकपाले भन्यो– सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले देश बन्दैन
-
बजेट विवाद चर्किएपछि मुख्यमन्त्री शाहद्वारा एमालेका चार मन्त्री बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण