स्रोत नखुलेको ७२ लाखसहित एक युवक पक्राउ
मङ्गलबार, २८ भदौ २०७९, ०७ : २३
रुपन्देहीको सीमा क्षेत्र सुनौलीबाट स्रोत नखुलेको ७२ लाख रकमसहित भैरहवाका एक युवक पक्राउ परेका छन् ।
भारतबाट नेपाल आउँदै गरेको अवस्थामा दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्दा नगदसहित सिद्धार्थनगर नगरपालिका दया पथ बस्ने ३८ वर्षका सुभाष सुनार पक्राउ परेका हुन् ।
सुनारको साथबाट नगद नेपाली रुपैया ७२ लाख ८० हजार बरामद गरिएको सुनौली प्रहरी चौकी इन्चार्ज दुर्गेशकुमार सिंहले जानकारी दिए । सोमबार नेपाली गाडीमा नेपाल आउँदै गरेको अवस्थामा सीमा सुरक्षा बल एसएसबी र सुनौली पुलिसले गरेको संयुक्त चेकजाँचमा स्रोत नखुलेको नगद सहित सुनार पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण