मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

आजदेखि काठमाडौं महानगरको सार्वजनिक क्षेत्रभित्र चुरोट, सुर्ती सेवनमा निषेध

शनिबार, ०१ असोज २०७९, ०८ : १२
शनिबार, ०१ असोज २०७९

काठमाडौं महानगरपालिकाको सार्वजनिक क्षेत्रभित्र आजदेखि चुरोट तथा सुर्ती सेवन गर्न नपाइने भएको छ । महानगरपालिकाले यसअघि नै  सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक ठाउँमा चुरोट, बिँडी, सिगार, तमाखु, सुर्ती, खैनी, गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ खान नपाइने जनाएको हो ।

सार्वजनिक ठाउँलाई धुम्रपान र सुर्तीजन्य पदार्थ मुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ ।

सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाडौं महानगरपालिकालाई धुम्रपान तथा सुर्तीजन्य पदार्थ मुक्त क्षेत्र बनाउन लागेको भन्दै महानगरले अटेर गर्नेलाई कानुनी कारबाही गर्ने तथा जरिबाना तिराइने चेतावनी दिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप