एकीकृत समाजवादीको समानुपातिक बन्दसूची : विगतमा अवसर नपाएकालाई प्राथमिकता
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूचीका मापदण्ड तय गरेकाे छ । जसअनुसार पार्टीले हाल समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य रहेकालाई लगातार दोहोराएर अहिलेको बन्दसूचीमा नराख्ने भएको हो ।
त्यस्तै स्थानीय तह निर्वाचन २०७९ मा पार्टीका तर्फबाट उम्मेदवार भएकालाई अहिलेको बन्दसूचीमा नराख्ने तथा विगतमा दुई पटक वा सोभन्दा बढी समानुपातिक सांसद वा राष्ट्रिय सभाको सदस्य भएकालाई पनि बन्दसूचीमा नराख्ने महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।
भुसालका अनुसार विगतमा अवसर नपाएकालाई प्राथमिकता दिने तथा सम्बन्धित क्लष्टरको वरिष्ठलाई प्राथमिकता दिइनेछ । उम्मेदवार तय गर्दा कार्यक्षमता राम्रो भएको र सक्रिय रहेको, पार्टी निर्माणमा राम्रो योगदान गरेको, स्वच्छ छवि भएको र सुशासनको पक्षपाती भएको तथा भौगोलिक सन्तुलन मिलाउने कुरालाई ध्यान दिइने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण