उदीपुरकाे पहिरो नियन्त्रणका लागि २१ करोड बजेट उपलब्ध
लमजुङको डुम्रे बेँसीशहर चामे सडकखण्ड अन्तर्गत जिल्लाको सदरमुकाम बेंसीशहर नगरपालिका- १ मा पर्ने उदीपुरको पहिरो नियन्त्रणका लागि भौतिक पूर्वाधार मन्त्रालयले २१ करोड रकम उपलब्ध गराएको छ ।
सडक डिभिजन कार्यालयले निर्माणको जिम्मा पाएको डुम्रे बेंसीशहर चामे सडक अन्तर्गत उदीपुर पहिरोका लागि १९ करोड रकम विनियोजन गरेको छ । भीषण पहिरोले मोटर बाटो ठप्प बनाएपछि समग्र उत्तरी लमजुङ साथै मनाङ जिल्लाको यातायात रोकिन पुगेको थियो ।
यसरी मनाङ र उत्तरी लमजुङका बासिन्दाले भोग्नु परेको सास्तीलाई ध्यानमा राखेर भौतिक पूर्वाधार मन्त्रालयले तत्काल काम थालनी गर्नका लागि २१ करोड रुपैयाँ छुट्याएको सांसद देव गुरुङका स्वकीय सचिव कमल खड्काले बताए ।
गत वर्ष गएको पहिरोले सडक बगाएपछि त्यसभन्दा कुनाबाट अस्थायी ट्रयाक खोलेर यातायात सुचारु गरिएको थियो । यसवर्ष वर्खा लाग्ने वित्तिकै असार पहिलो हप्ता वर्षाले उक्त ट्रयाकसमेत पूरै सडक पहिरोले बगाएपछि त्यहाँबाट यातायात ठप्प भएको छ ।
अस्थायी रूपमा यातायात सञ्चालन गर्नका लागि चिप्लेटीबाट नेपाली सेनाको ब्यारेक झरेर उदीपुर जाने व्यवस्था गरियो । त्यहाँ पनि सोही पहिरो माथिबाट झरेको झर्यै हुँदा तल बाटो थुनिरहेको छ । बाटो थुनिएको धेरै समयपछि डोजरले बाटो सफा गरेर चलाउने काम हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुवातास खेल्ने ६ जना पोखराबाट पक्राउ
-
भारतमा लोकसभा निर्वाचन : पाँचौँ चरणको मतदान जारी
-
इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटना : सरकारी टिभीले भन्यो – कोही पनि बाँचेको संकेत छैन
-
बागमती प्रदेश : मन्त्रालय विभाजनसँगै एमालेमाथि नैतिकताको प्रश्न खडा
-
इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा षड्यन्त्र भएको आशङ्का, अमेरिकी सांसदले के भने ?
-
काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु, सबैभन्दा बढी सुन्दरीजलमा