मड्रिड डर्बीमा रियल हाबी
सोमबार, ०३ असोज २०७९, ०८ : २६
एट्लेटिको मड्रिडलाई उसैको घरेलु मैदानमा पराजित गर्दै रियल मड्रिडले यो सिजन स्पेनिस ला लिगामा आफ्नो शत प्रतिशत नतिजा कायम राखेको छ ।
खेलको १८ औँ मिनेटमा औरेरियन टुचोमेनीको पासमा गोल गर्दै रोड्रिगोले रियललाई अग्रता दिलाएका थिए । भिनिसिय जुनियरको प्रहार पोस्टमा लागेर फर्केपछि ३६ औँ मिनेटमा फेडेरिको भालभर्डेले त्यसलाई जाली चुमाउँदै रियलको अग्रता दोब्बर बनाए ।
खेलको अन्त्यतिर मारियो हर्मोसोले गोल फर्काउँदै एट्लेटिकोलाई केही आशा दिलाए पनि सो गोल सान्त्वनामा मात्र बन्न पुग्यो । इन्जुरी समयमा दोस्रो पहेँलो कार्ड पाउँदै उनी मैदान छाड्न बाध्य बनेका थिए । ६ खेलपछि १८ अंक बटुल्दै रियल लिगको शीर्ष स्थानमा रहेको छ । एट्लेटिको भने १० अंकसहित लिगको सातौँ स्थानमा सीमित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण