'एक्सन’मा उत्रिँदै ललितपुर महानगरपालिका, मापदण्ड विपरितका संरचना हटाउन ३५ दिने सूचना
बुधबार, ०५ असोज २०७९, ०६ : ५५
ललितपुर महानगरपालिकाले अनियमित संरचना हटाउन ३५ दिने सूचना सार्वजनिक गरेको छ । बुधबार एक सूचना प्रकाशन गर्दै ललितपुर महानगरपालिका क्षेत्रभित्र नक्सा स्विकृत बिना, मापदण्ड विपरित निर्माण भएका संरचनाहरु हटाउन समय दिइएको छ ।
सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरि निर्माण भएका स्लोप, टप, रयाम्प, सिंढी लगायतका संरचना तथा नक्सा स्विकृत गर्दा पार्किङ प्रयोजन खुलाई स्विकृत लिई अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरु लगायत सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण गरेका संरचनाहरु सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सुधार गर्न वा हटाउन आग्रह गरिएको छ ।
सो म्यादभित्र सूचना बमोजिमको काम नगरेमा महानगरपालिका कार्यालयले त्यस किसिमका संरचनाहरु हटाउने उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
-
अमेरिका–इरानबीचको प्रारम्भिक सम्झौतालाई अघि बढाउन कूटनीतिज्ञहरूद्वारा पहल शुरु
-
स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध
-
तनहुँबाट हराएका २१ जनामध्ये १७ जना फेला
-
कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु
-
बहुविवाह मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण