बंगलादेश सरकारले साफ विजेता गोलरक्षक रुपनाको घर बनाइदिने
बुधबार, ०५ असोज २०७९, १७ : १२
छैटौं साफ च्याम्पियनसिप विजेता बंगलादेशी गोलकिपर रुपना चक्माको घर त्यहाँको सरकारले बनाइ दिने भएको छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले उनको गृहनगर रंगामाटीमा नयाँ घर बनाउन निर्देशन दिएकी छन् ।
चक्मा साफ महिला च्याम्पियनसिप खेलमा उत्कृष्ट गोलरक्षक घोषित भएकी थिइन् । उनले प्रतियोगिताभर मात्र एक गोल खाएकी थिइन् । रुपनाको जीर्ण घरको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि सरकारले घर बनाइदिन निर्देशन दिएको हो ।
अमेरिका संयुक्त राष्ट्रसंघको महासभामा भाग लिइरहेकी प्रधानमन्त्री शेख हसिनाले उनको घर बनाइदिन निर्देशन दिएको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा स्ट्रेट अफ हर्मुज बन्द, अमेरिकी सेनाद्वारा भीषण आक्रमण
-
गणेश नेपालीको परिवार र सरकारबिच दुई दिनदेखि लगातार छलफल, सहमति नजुट्दा हुन सकेन पोस्टमार्टम
-
म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता बनायो
-
मधेस प्रदेश सभा बैठक बस्दै , बजेट पारित गराउने अन्तिम प्रयास
-
सेमीफाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबिच प्रतिस्पर्धा सुरु
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण