डिभी परेपछि भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र बनाउने नौ जना पक्राउ
प्रहरीले काठमाडौंबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित नौ जनालाई पक्राउ गरेको छ । डिभी परेपछि भिसा पक्रियाका लागि कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका नौ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा पाँचथर घर भई दमक बस्ने २५ वर्षीय समिर राई, कास्कीका ४० वर्षीय अरूण कार्की, नुवाकोट घर भई टोखा बस्ने २५ वर्षीय राधिका तामाङ र स्याङ्जा घर भई बसुन्धारा बस्ने ३८ वर्षीय सविता श्रेष्ठ छन्।
यस्तै अछाम घर भएका २७ वर्षीय वीरेन्द्रबहादुर रावल, झापा घर भएका ४६ वर्षीय विदुर प्याकुरेल, ४० वर्षीय दिनेश प्रसाई र ४७ वर्षीय सूर्यबहादुर श्रेष्ठ छन् । उनीहरूलाई बिहीबार अमेरिकी दूतावासबाटै पक्राउ गरिएको हो । उनीहरूले सन् २०२१ मा डिभी भरेका थिए ।
डिभी परेर अमेरिका जान शैक्षिक योग्यता प्रमाणपत्र पेश गर्नैपर्ने बाध्यता भएपछि उनीहरूले नक्कली प्रमाणपत्र बनाएर दूतावासमा बुझाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण