सांग्रिला मोटर्सले ल्यायो ‘अहिले ड्राइभ गर्नुहोस् पछि तिर्नुहोस्’ अफर
काठमाडौं । नेपालमा प्युजो र सिट्रोन गाडीको लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले चाडपर्वको समयमा आफ्नो सबैभन्दा ठूलो अफर ल्याएको औपचारिक घोषणा गरेको छ । दशैं, तिहार र छठ भर मान्य हुने यो चाडपर्व अफर, यस वर्षको सबैभन्दा ठूलो र आकर्षक अफर भएको दाबी कम्पनीको छ ।
सांग्रिला मोटर्सले प्युजो वा सिट्रोन कार किन्ने जो कोहीलाई क्रमशः १६ लाख ५० हजार रुपैयाँ र १५ लाख ५० हजार रुपैयाँको लाभ प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । त्यसैगरी, प्युजो र सिट्रोन दुवैले आफ्ना ग्राहकलाई ७ लाख छुट, १ वर्षको निःशुल्क बीमा, ४ महिनाको ब्याजसहित निःशुल्क इएमआई र १ वर्षसम्म सडक कर निःशुल्क उपलब्ध गराउँदै छन् ।
प्रसिद्ध फ्रान्सेली अटोमोबाइल ब्रान्डहरू मध्ये एक सिट्रोन साङ्ग्रिला मोटर्सले पहिलो पटक ल्याएको हो । यो चाडपर्वको प्रस्ताव सिट्रोनको सी फाइभ एयरक्रस मोडलमा मान्य छ । सी फाइभ एयरक्रस मोडल, एउटा विलासी फ्रान्सेली कार हो जसले क्लास र आरामलाई एउटै कारमा पहुँचयोग्य बनाउँछ भनेर निक्कै प्रख्यात छ । यस्तै, प्युजो गाडी नेपाली कार बजारमा पहिले नै स्थापित भइसकेको छ ।
यो चाडपर्वको अवसरमा सांग्रिला मोटर्सले ‘ड्राइभ नाउ, पे लेटर’ योजना ल्याएर सवारी साधनको सपना देख्नेहरूलाई सहज बनाउने लक्ष्यमा यो अफर ल्याएको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
-
थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण
-
हानि तथा क्षतिका विषयमा संवेदनशील ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्नेमा जाेड
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण