एमालेसँग चुनावी तालमेलका लागि लोसपाले बनायो वार्ता समिति
शुक्रबार, ०७ असोज २०७९, १६ : ४८
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमाले लगायतका दलसँग चुनावी सहकार्य गर्न समिति बनाएको छ । पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएको अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
समितिमा नेता शरदसिंह भण्डारी, अनिलकुमार झा, सवेन्द्र शुुक्ला, लक्ष्मण लाल कर्ण र जितेन्द्र सोनललाई राखिएको छ । सत्ता गठबन्धनसँग तालमेलका लागि गरेको प्रयास असफल भएपछि लोसापाले एमालेसँग सहकार्य गर्न लागेको छ । यसअघि एमाले र जसापका नेताबीच विभिन्न चरणमा छलफल भएपनि औपचारिक रुपमा तालमेलको प्रयास भएको थिएन ।
वार्ता समिति बनाएसँगै एमाले र लोसापाबीच आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा तालमेल हुने सम्भावना बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
-
अमेरिका–इरानबीचको प्रारम्भिक सम्झौतालाई अघि बढाउन कूटनीतिज्ञहरूद्वारा पहल शुरु
-
स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध
-
तनहुँबाट हराएका २१ जनामध्ये १७ जना फेला
-
कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु
-
बहुविवाह मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण