सोलुखुम्बुमा चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले दशैं र तिहारलाई लक्षित गरेर विशेष सुरक्षा योजना कार्यान्वयन गरेको छ । चोरी, डकैती, लुटपाट र कालाबजारी नियन्त्रण गर्न सुरक्षा योजना लागु गरिएको सोलुखुम्बुका डिएसपी सुनिलजंग शाहले रातोपाटीलाई बताए ।
चोरी, डकैती, लुटपाट जस्ता आपराधिक गतिविधि नियन्त्रण गर्न सदरमुकाम सल्लेरी र जिल्लाका बजार तथा महत्वपुर्ण प्रतिष्ठानहरुमा जडान गरिएको सिसिटिभी प्रहरीले मनिटरिङ शुरु गरेको छ ।
जिल्ल प्रवेश गर्ने पत्ताले नाकामा प्रहरीले डिजिटल निगरानी गर्ने भएको छ । ‘सार्वजनिक सवारीमा चेकजाँच बढाएका छौं’ डिएसपी शाहले भने–‘ट्राफिक र प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्दा सिट क्षमता भन्दा धेरै यात्रु चढाएको भेटिए कारबाही गर्छौं ।’
जिल्ला प्रवेश गर्ने मुख्य सिमा नाका र सगरमाथा राजमार्गमा २४ सै घण्टा प्रहरी परिचालन गरिएको छ । बैंक, वित्तिय संस्था सुन चाँदी पसल र पैसाको कारोबार हुने स्थानहरुमा अधिकृतको कमाण्डमा प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना लागु गरिएको छ ।
पाकेटरमा, रकम असुली लुटपाट र चिट्ठा नियन्त्रण गर्न सादा पोसाकमा प्रहरी परिचालन गरिएको डिएसपी शाहले जानकारी दिए । चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयन गर्न जिल्लामा ३ सय ७३ प्रहरी परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण