सोलुखुम्बुमा चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले दशैं र तिहारलाई लक्षित गरेर विशेष सुरक्षा योजना कार्यान्वयन गरेको छ । चोरी, डकैती, लुटपाट र कालाबजारी नियन्त्रण गर्न सुरक्षा योजना लागु गरिएको सोलुखुम्बुका डिएसपी सुनिलजंग शाहले रातोपाटीलाई बताए ।
चोरी, डकैती, लुटपाट जस्ता आपराधिक गतिविधि नियन्त्रण गर्न सदरमुकाम सल्लेरी र जिल्लाका बजार तथा महत्वपुर्ण प्रतिष्ठानहरुमा जडान गरिएको सिसिटिभी प्रहरीले मनिटरिङ शुरु गरेको छ ।
जिल्ल प्रवेश गर्ने पत्ताले नाकामा प्रहरीले डिजिटल निगरानी गर्ने भएको छ । ‘सार्वजनिक सवारीमा चेकजाँच बढाएका छौं’ डिएसपी शाहले भने–‘ट्राफिक र प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्दा सिट क्षमता भन्दा धेरै यात्रु चढाएको भेटिए कारबाही गर्छौं ।’
जिल्ला प्रवेश गर्ने मुख्य सिमा नाका र सगरमाथा राजमार्गमा २४ सै घण्टा प्रहरी परिचालन गरिएको छ । बैंक, वित्तिय संस्था सुन चाँदी पसल र पैसाको कारोबार हुने स्थानहरुमा अधिकृतको कमाण्डमा प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना लागु गरिएको छ ।
पाकेटरमा, रकम असुली लुटपाट र चिट्ठा नियन्त्रण गर्न सादा पोसाकमा प्रहरी परिचालन गरिएको डिएसपी शाहले जानकारी दिए । चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयन गर्न जिल्लामा ३ सय ७३ प्रहरी परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गादेवी र सुमृति बने ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२४’ को विजेता
-
ऐश्वर्याको हातको शल्यक्रिया गरिने
-
संसद्मा प्रधानमन्त्री प्रचण्डको अङ्कगणित : सके मत बढाउने, नसके यथास्थितिमा राख्ने
-
कांग्रेस संसदीय दलको बैठक बस्दै, गृहमन्त्रीको सम्बोधनबारे छलफल हुने
-
सन् १९९० यताकै युनाइटेडको खराब सिजन
-
जितसँगै क्लपको भावुक बिदाइ