निर्वाचनका लागि म्यादी प्रहरीको छनोट सुरू, २० तस्बिरमा हेर्नुहोस्
केन्द्रीय सुरक्षा समितिले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने म्यादी प्रहरीको छनोट सुरू गरेको छ । सुरक्षा समितिले निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी परिचालन गर्ने तयारी गरेको छ । योसँगै समितिले छनोट प्रारम्भ गरेको हो ।

समितिले भदौ ३० देखि असोज ६ सम्म म्यादी प्रहरीका लागि आवेदन दर्ता गर्न आग्रह गरेको थियो भने भदौ ७ मा सम्पर्क मिति तय गरेको थियो । समितिले असोज ९ देखि १४ सम्म म्यादी प्रहरीको छनोट गरेर असोज २५ मा नतिजा प्रकाशन गर्ने गरी कार्यतालिका बनाएको छ ।

छनोट भएका म्यादीलाई असोज २७ र २८ मा नियुक्तिपत्र दिइने र असोज ३० बाट कात्तिक ८ सम्म तालिम सम्पन्न गर्ने तयारी सुरक्षा समितिले गरेको छ । त्यसलगत्तै नेपाल प्रहरीको नेतृत्वमा म्यादी प्रहरी सुरक्षा ड्युटीमा खटिनेछन् । उनीहरूलाई निर्वाचन सकिएको ४ दिनपछि मंसिर ८ मा प्रमाणपत्र दिएर बिदाइ गर्ने तालिका तय भएको छ ।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण