शिक्षक हत्या आरोपमा ओखलढुंगाबाट एक युवती पक्राउ
सोमबार, १० असोज २०७९, २० : २१
प्रहरीले ओखलढुंगाबाट शिक्षकको हत्या गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-८ सल्लेरीकी २२ वर्षीया छलमाया धमलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक शुकदेव खनालका अनुसार धमलामाथि विद्यालयमा पढाउँदै आएका ३३ वर्षीय शिक्षक दीपककुमार ठाकुरको हत्या गरेको आरोप छ । सप्तरीको विष्णुपुर गाउँपालिका-५ घर भइ ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-४ लेखर्कमा बसी ठाकुरले कालिका आधारभूत विद्यालयमा पढाउँदै आएका थिए ।
गत शुक्रबार ठाकुर मृत भेटिएका थिए । मृतकको हत्या गरेको आशंका भएपछि प्रहरीले अनुसन्धान अघि बढाएकोमा छलमायालाई पक्राउ गरेको प्रहरी उपरीक्षक खनालले बताए । (न्युज कारखाना)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण