टुबोर्ग ओपनले ल्यायो भेक्को साथमा नयाँ रिलिज “खोलौं रमेर”
टुबोर्ग ओपन २०२२ ले राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारहरुको सहकार्यबाट संगीत उद्योगमा योगदान पुर्याउँदै आएको छ । यो वर्षको टुबोर्ग ओपेन थिम “टेक द स्टेज” अन्तर्गत, भेक् र विश्वभरका अन्य उदीयमान कलाकारहरुले जेसन डेरुलोलाई भेट्ने र लस् एन्जेलसमा उनीसँग व्यक्तिगत मेन्टरशिप सत्र प्राप्त गर्ने मौका पाएका छन् । उक्त मेन्टरशिप सत्रमा, जेसनले कलाकारहरुलाई एउटा सफल गीत सिर्जना गर्ने तरिकाहरु र संगीत उद्योगमा कसरी सफल हुने विषयको बारेमा मार्गदर्शन गराए । लस् एन्जेलसमा जेसनको मेन्टरशिपबाट सबै सिकेका कुराहरु आत्मसात गर्दै भेक्ले टुबोर्ग ओपेन २०२२ को लागी आफ्नो नयाँ गीत प्रस्तुत गरेका छन् ।
टुबोर्ग ओपेनले आफ्नो ५ औं वर्षको सुरुवात जेसन डेरुलोको मेन्टरशिपमा भेक्को नयाँ गीत “खोलौं रमेर” को साथमा गरेको छ । उक्त गीतलाई दर्शकहरुले निकै रुचाएका छन् र युट्युबको टुबोर्ग नेपाल च्यानलमा रिलिज भएको केही घण्टामै सो गीतले श्रोता–दर्शकहरुबाट धेरै माया पाईरहेको छ ।
गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर आशिष विष्ट भन्छन्, “निकै लामो समयदेखि टुबोर्ग संगीतसँग जोडिँदै आएको छ । टुबोर्गले नेपाली सांगीतिक जगतको उत्थानका लागी सधैँ सम्भवत रुपमा काम गर्दै आएको छ । टुबोर्ग ओपन २०२२ अभियान सोही उद्देश्यको पहल हो जहाँ हामीले नेपालका उदीयमान कलाकारहरुलाई उनीहरुको प्रतिभा प्रदर्शन गर्न प्लेटफर्म प्रदान गरेका छौं । हामी यस वर्षका लागी जेसन डेरुलो र भेकसँग सहकार्यको लागी निकै उत्साहित छौं र दर्शकहरुले दिनु भएको सकारात्मक प्रतिक्रियाहरूबाट निकै खुसी छौं ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण