यस्तो छ निर्वाचन आचारसंहिता (पूर्णपाठसहित)
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागु गरेको छ । मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी दिए ।
निर्वाचनमा भाग लिने राजनीतिक दलहरूदेखि कर्मचारी, सेना, प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापक लगायत विभिन्न सरोकारवाला पक्षले आचारसंहिता पालना गर्नुपर्ने उनले बताए । गत आइतबार आयोगले विभिन्न दलका मुख्य नेताहरूलाई बोलाएर निर्वाचन आचारसंहिता कार्यान्वयनमा लैजानेबारेमा छलफल गरेको थियो । साथै आयोगले दलका प्रतिनिधिहरूलाई आफ्नो दल निर्वाचन आचार संहिता पालना गर्न प्रतिबद्ध छ भनेर हस्ताक्षर समेत गराएको थियो ।
कुन क्षेत्रका कस–कसलाई लाग्छ आचारसंहिता
राजनीतिक दलदेखि विभिन्न सरकारी तथा गैरसरकारी निकायदेखि मतदातासम्मका लागि आचार संहिता लागु हुन्छ । निर्वाचन आयोगले तयार गरेको आचारसंहिता निम्न व्यक्ति, संस्था, निकाय तथा अधिकारीलाई लागु हुने व्यवस्था छ :
–नेपाल सरकार र नेपाल सरकारका मन्त्री,
–प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री,
–संवैधानिक निकाय र सो निकायका पदाधिकारी,
–नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी,
–स्थानीय कार्यपालिका र सोका सदस्य,
–संघ, प्रदेश र स्थानीय तहका कर्मचारी,
–सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी,
–सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी,
–राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन,
–उम्मेदवार तथा सम्बन्धित व्यक्ति,
–राजनीतिक दल तथा उम्मेदवारको मतदान,
–प्रतिनिधि तथा मतगणना प्रतिनिधि,
–सार्वजनिक पद धारण गरेको व्यक्ति,
–अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता,
–पर्यवेक्षण संस्था तथा पर्यवेक्षक,
–सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी
–निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी,
– विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी,
– विकास साझेदार संस्था,
–सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी,
–मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी,
–निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार,
–वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार, र आयोगले तोकेका अन्य निकाय वा व्यक्ति ।
हेर्नुस् राजपत्रमा प्रकाशन भएको निर्वाचन आचारसंहिता :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण