अस्पतालमा उपचाररत बिरामीहरूलाई भेटेर उपराष्ट्रपतिले दिए दसैँको शुभकामना
शनिबार, १५ असोज २०७९, २० : ४६
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले अस्पतालमा उपचाररत बिरामीहरूलाई दसैँको शुभकामना दिएका छन् । ग्वार्कोस्थित किष्ट शिक्षण अस्पतालमा उपचाररत बिरामीहरूलाई शनिबार बिहान भेटेर उपराष्ट्रपति पुनले दसैँको शुभकामना दिनका साथै स्वास्थ्य लाभको कामना समेत गरेका हुन् ।
शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेट गर्न किष्ट शिक्षण अस्पताल पुगेको अवसरमा उपराष्ट्रपति पुनले अस्पतालको विभिन्न वार्ड र आकस्मिक कक्षमा उपचाररत अन्य बिरामीहरूलाई भेटेका थिए । ‘यहाँहरू उपचारका लागि अस्पतालमा हुनुहुन्छ । म दसैँको शुभकामना दिनका लागि तपाईंहरुलाई भेट्न आएको हुँ,’ बिरामीहरूसँगको भेटमा उनले भने, ‘दसैँको मुख्य दिन आउन बाँकी छ । त्यस दिनसम्म यहाँहरू निको भएर घर फर्कनु हुने र रमाइलोका साथ दसैँ मनाउनुहुने मैले विश्वास लिएको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण