महराले हटाए समानुपातिक सूचीबाट नाम
सोमबार, १७ असोज २०७९, १६ : ०४
नेकपा माओवादी केन्द्रले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिक सूचीबाट हटाएको छ । केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले रातोपाटीसँग कुरा गर्दै महाराको नाम समानुपातिक सूचीबाट हटाएको जानकारी दिएका हुन् ।
यसअघि माओवादीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारहरूको सूचीमा महराको नाम खस आर्य क्लस्टरबाट १ नम्बरमा रहेको थियो । महराले नै आग्रह गरेपछि उनको नाम हटाइएको ढकालको भनाइ छ । महराको स्थानमा हितराज पाण्डेको नाम १ नम्बरमा राखिएको ढकालको भनाई छ । २०७४ सालको निर्वाचनमा महरा दाङ–२ बाट निर्वाचित भएका थिए । यसपटक प्रत्यक्षबाट उनको नाम दाङ र रोल्पाबाट सिफारिस भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण