शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारमा सर्वदलीय बैठक सकियो, जुटेन सहमति

शुक्रबार, ०७ पुस २०७४, १३ : ०२
शुक्रबार, ०७ पुस २०७४

काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेशका बारेमा छलफल गर्न बोलाएको सर्वदलीय बैठक विना सहमति सकिएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले आज विहान बालुवाटारमा बोलाएको बैठकमा दलहरुले पूर्ववत अडान नछोड्दा सहमति जुटन नसकेको हो ।
बैठकपछि काङ्ग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि राष्ट्रपति समक्ष सरकारले पेश गरेको अध्यादेश प्रमाणिकरण नभएसम्म सहमति नहुने बताए । 

‘अध्यादेश नआएसम्म सहमति हुदैन, राष्ट्रिय सभा गठन नभएसम्म प्रतिनिधिसभा पूर्ण हुँदैन, पौडेलले सञ्चारकर्मीसँग भने । उनले सहमतिका लागि माओवादी केही लचक हुन खोजेपनि एमालेले आफ्नो अडान नछाड्दा सहमति नभएको दावी गरे ।

बैठकपछि माओवादी नेता नारायणकाजी श्रेष्ठले सरकारले पहिला सहमति गरेर अध्यादेश राष्ट्रपतिकोमा पठाउनुपर्नेमा पहिला अध्यादेश पठाएर अहिले सहमति खोजेकाले सहमति नभएको बताए । 

नेता श्रेष्ठले संसद सकिएपछि सरकारले अरुलाई छल्न अध्यादेश ल्याएको भन्दै यसमा आफूहरुको सहमति नहुने बताए । 

नयाँ सरकार र नयाँ प्रकृया रोक्न सरकारले फरक बाटोबाट अध्यादेश ल्याएको भन्दै उनले राष्ट्रियसभा निर्वाचनमा सहमति नजुटेपनि केन्द्रीय सरकार निर्माणको प्रकृया नरोकिने बताए । उनले अझै सहमतिका लागि दलहरुबीच प्रयास हुने पनि जानकारी दिए । 

दलहरुबीच राष्ट्रिय सभा सदस्य निर्वाचन एकल संक्रमणीय वा बहुमतिय प्रणाली अन्र्तगत गर्ने भन्नेमा काङ्ग्रेस र बाम गठबन्धनबीच विवाद हुदै आएको छ ।

काङ्ग्रेस एकल संक्रमणीइ प्रणालीको पक्षमा छ भने एमाले–माओवादी बहुमतिय प्रणालीको पक्षमा छन् ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप