बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

छाता ओडेर नै उम्मेदवारी दर्ता गराउन गए यामलाल कँडेल

आइतबार, २३ असोज २०७९, १३ : ४४
आइतबार, २३ असोज २०७९

नेकपा एमालेका कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेलले प्रदेशसभाको लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन् । उनी सुर्खेत निर्वाचन क्षेत्र नं।–२(क) बाट प्रदेशसभाका लागि उम्मेदवार छन् । कँडेल कर्णालीमा मुख्यमन्त्रीका दाबेदार हुन् । 

यस्तै एमालेबाट २ बाट प्रतिनिधिसभाका उम्मेदवार एमाले सुर्खेतका अध्यक्ष अमृत बिसीले पनि कँडेलसँगै उम्मेदवारी दर्ता गराएका छन्  भने २ (ख) बाट प्रदेशसभाका लागि ताराकेशर गौतमले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप