गठबन्धनको निर्णय तोड्दै सुर्खेतमा समाजवादीको गरायो प्रदेश सभाका लागि उम्मेदवारी दर्ता
सुर्खेतमा नेकपा (एकीकृत समाजवादी केन्द्र) ले गठबन्धनको निर्णय वरिपरी एकल उम्मेदवारी दर्ता गराएको छ। निर्वाचन क्षेत्र नम्बर २ को (क) र (ख) मा प्रदेश सभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएको हो । प्रदेश सभा (क) मा समाजवादीका जिल्ला इन्चार्ज शिवप्रसाद उपाध्याय र (ख) मा जिल्ला अध्यक्ष मोहन बडुवालले उम्मेदवारी दर्ता गराएका हुन्।
उनीहरु फूलमालासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएका थिए । सत्तारुढ गठबन्धनको निर्णयले कुनै पनि क्षेत्र भाग नपारेपछि प्रदेश सभाका दुई क्षेत्रमा एकल उम्मेदवारी दर्ता गरेको हो ।
‘हामीले गठबन्धनलाई कुनैपनि असर नपर्ने गरि उम्मेदवारी दर्ता गरेका हौँ ,’ बडुवालले रातोपाटीसँग भने,‘ हिजो हामीले गरेको निर्णय पार्टीले एसेप्ट गरेर नै यस्तो निर्णयमा पुगेका हौं ।’
अब २ (क) मा कांग्रेसका कालिप्रसाद शाक्य, एमालेका यामलाल कँडेल र समाजवादीका शिव उपाध्यायबीच कडा प्रतिस्पर्धा हुने भएको छ । यहाँ माओवादीले कांग्रेसलाई सहयोग गर्नेछ । २ (ख)मा माओवादीका विन्दमान विष्ट, एमालेका ताराकेशर गौतम र समाजवादीका मोहन बडुवालबीच प्रतिस्पर्धा हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण