पाँच गोलको थ्रिलरमा आर्सनलले लिभरपुललाई हरायो
पाँच गोलको रोमाञ्चक खेलमा लिभरपुललाई हराउँदै आर्सनल पुनः प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । आइतबार भएको खेलमा आर्सनल आफ्नो घरेलु मैदानमा ३-२ गोलले विजयी बनेको हो ।
खेलको पहिलो मिनेटमा नै ग्याब्रिएल मार्टिनेलीले आर्सनललाई अग्रता दिलाएका थिए । तर डार्विन नुनेजले ३४ औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरे । पहिलो हाफको इन्जुरी समयमा बुकायो साकाले गोल गर्दै आर्सनललाई पुनः अग्रता दिलाए ।
तर, आर्सनलको अग्रता लामो समय टिकेन । दोस्रो हाफको सुरुवातमा नै रोबर्टो फर्मिन्होले गोल गर्दै खेलमा लिभरपुललाई फर्काए । खेलका ७६ औँ मिनेटमा थियागोले ग्याब्रियल जिसुसलाई फल हानेपछि आर्सनलले पेनाल्टी पायो । जसलाई साकाले गोलमा परिणत गर्दै टोलीलाई जीत दिलाए । ९ खेलपछि २४ अंक बटुल्दै आर्सनल लिगको शीर्ष स्थानमा रहेको छ । लिभरपुल १० अंकसहित लिगको १० औँ स्थानमा सीमित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण