शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच गोलको थ्रिलरमा आर्सनलले लिभरपुललाई हरायो

सोमबार, २४ असोज २०७९, ०६ : ४३
सोमबार, २४ असोज २०७९

पाँच गोलको रोमाञ्चक खेलमा लिभरपुललाई हराउँदै आर्सनल पुनः प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । आइतबार भएको खेलमा आर्सनल आफ्नो घरेलु मैदानमा ३-२ गोलले विजयी बनेको हो ।

खेलको पहिलो मिनेटमा नै ग्याब्रिएल मार्टिनेलीले आर्सनललाई अग्रता दिलाएका थिए । तर डार्विन नुनेजले ३४ औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरे । पहिलो हाफको इन्जुरी समयमा बुकायो साकाले गोल गर्दै आर्सनललाई पुनः अग्रता दिलाए ।

तर, आर्सनलको अग्रता लामो समय टिकेन । दोस्रो हाफको सुरुवातमा नै रोबर्टो फर्मिन्होले गोल गर्दै खेलमा लिभरपुललाई फर्काए । खेलका ७६ औँ मिनेटमा थियागोले ग्याब्रियल जिसुसलाई फल हानेपछि आर्सनलले पेनाल्टी पायो । जसलाई साकाले गोलमा परिणत गर्दै टोलीलाई जीत दिलाए । ९ खेलपछि २४ अंक बटुल्दै आर्सनल लिगको शीर्ष स्थानमा रहेको छ । लिभरपुल १० अंकसहित लिगको १० औँ स्थानमा सीमित बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप