२९ पालिका बजेटविहीन, चरम बेथितिमा मधेस प्रदेश
२९ वटा स्थानीय तह बजेटविहीन बन्न पुगेको छ । संविधानतः अघिल्लो असार १० गतेभित्र नै सबै स्थानीय तह (पालिका) हरुले आर्थिक वर्षको बजेट ल्याइसक्नुपर्ने कानुनी प्रावधान भए पनि २९ वटा पालिकाहरूले हालसम्म पनि बजेट ल्याउन नसकेका हुन् ।
यस्तोमा सबैभन्दा बढी चरम बेथिति मधेस प्रदेशमा देखिएको छ । प्रदेशको कुल १३६ स्थानीय तहहरू मध्ये हालसम्म ११० वटा पालिकाहरूले मात्र आर्थिक वर्ष २०७९÷८० को बजेट ल्याएका छन् भने बाँकी २६ वटा पालिकाले बजेट ल्याउन सकेका छैनन् ।
यस्तै, लुम्बिनी प्रदेशका ३ वटा पालिकाले समेत हालसम्म आर्थिक वर्षको बजेट ल्याउन नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेशमा एक महानगरपालिका सहित ८५ पालिकाहरू रहेका छन् ।
सामान्य प्रशासन मन्त्रालयका अनुसार बाँकी ५ वटा प्रदेशहरूबाट शतप्रतिशत पालिकाहरूले बजेट ल्याइसकेका छन् । प्राप्त तथ्याङ्क अनुसार कुल ७५३ स्थानीय तहहरूमध्ये ७२४ स्थानीय तहले बजेट पाएका छन् भने २९ वटाले पाएका छैनन् ।
प्रतिशतमा ९६.१५ प्रतिशत पालिकाले बजेट पाएका छन् भने ३.८५ प्रतिशतले हालसम्म आर्थिक वर्षको बजेट पाउन सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण