सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बार्सिलोना फर्कने इनिएस्टाको चाहना

मङ्गलबार, २५ असोज २०७९, १४ : ३४
मङ्गलबार, २५ असोज २०७९

बार्सिलोना तथा स्पेनिस फुटबलका लिजेन्ड आन्द्रेस इनिएस्टाले आफ्नो पुरानो क्लब फर्कने इच्छा व्यक्त गरेका छन् । भिसेल कोबेका ३८ वर्षीय मिडफिल्डरले आगामी एक वर्ष जापानमा नै बिताएर स्पेन फर्कने चाहेको बताएका हुन् । 

ग्याजेटासँगको अन्तरवार्तामा इनिएस्टाले भने, ‘मलाई बार्सिलोना फर्कने मन छ । त्यो मेरो घर हो । तर, मलाई थाहा छैन कुन तरिकाले – मुख्य प्रशिक्षक, खेलकुद निर्देशक वा अन्य कुनै पदमा ।’ क्लबका लागि यत्रो योगदान गरेको व्यक्तिले खेल्न छाडेपछि पनि त्यो कुरालाई निरन्तरता दिन पाउनु भनेको ठुलो हो । तर यसका लागि सबै अवस्था मिल्नुपर्ने उनको भनाई थियो । 

मेस्सीको सम्भावित फिर्तीबारेको प्रश्नमा उनले भने, ‘टाढाबाट हेर्दा यो अप्ठ्यारो देखिन्छ । तर, फुटबलमा तपाईं यसो नै हुन्छ भनेर भन्न सक्नुहुन्न ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप