बार्सिलोना फर्कने इनिएस्टाको चाहना
मङ्गलबार, २५ असोज २०७९, १४ : ३४
बार्सिलोना तथा स्पेनिस फुटबलका लिजेन्ड आन्द्रेस इनिएस्टाले आफ्नो पुरानो क्लब फर्कने इच्छा व्यक्त गरेका छन् । भिसेल कोबेका ३८ वर्षीय मिडफिल्डरले आगामी एक वर्ष जापानमा नै बिताएर स्पेन फर्कने चाहेको बताएका हुन् ।
ग्याजेटासँगको अन्तरवार्तामा इनिएस्टाले भने, ‘मलाई बार्सिलोना फर्कने मन छ । त्यो मेरो घर हो । तर, मलाई थाहा छैन कुन तरिकाले – मुख्य प्रशिक्षक, खेलकुद निर्देशक वा अन्य कुनै पदमा ।’ क्लबका लागि यत्रो योगदान गरेको व्यक्तिले खेल्न छाडेपछि पनि त्यो कुरालाई निरन्तरता दिन पाउनु भनेको ठुलो हो । तर यसका लागि सबै अवस्था मिल्नुपर्ने उनको भनाई थियो ।
मेस्सीको सम्भावित फिर्तीबारेको प्रश्नमा उनले भने, ‘टाढाबाट हेर्दा यो अप्ठ्यारो देखिन्छ । तर, फुटबलमा तपाईं यसो नै हुन्छ भनेर भन्न सक्नुहुन्न ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण