'सुर्खेतलाई देश र कर्णाली दुबैको नेतृत्व गर्ने अवसर'
सुर्खेतका बाम( लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूले सुर्खेतलाई आसन्न निर्वाचनपछि देश र कर्णाली दुबैको नेतृत्व गर्ने अवसर भएका बताएका छन् । त्यसका लागि गठबन्धनका उम्मेदवारले जित्ने पर्ने दवाव रहेको उनीहरुको भनाइ छ।
बुधबार बिहान वीरेन्द्रनगरमा पत्रकारसँगको अन्तक्रिया कार्यक्रममा माओवादी नेता एवं सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभाका उम्मेदवार विन्दमान विष्टले भने ,'यदि यो चुनावमा हामीले देश र कर्णालीको नेतृत्व गर्ने अवसर गुमायौँ भने ठुलो घाटा व्यहोर्नुपर्ने छ।'
विष्टले एमालेलाई सत्तामा पुर्याउने वातावरण भयो भने समाजवादका आधारहरू निमोठिने बताए । 'गठबन्धनको पहिलो आधार भनेको समाजवादको आधार तयार गर्नु हो ,' उनले भने,'त्यसका लागि पनि गठबन्धनको आवश्यक हो । देशको परिवर्तन, स्थायित्व , संविधान कार्यान्वयनका लागि बाम(लोकतान्त्रिक गठबन्धन गर्नुपरेको हो ।'
सुर्खेत निर्वाचन-१ (क) प्रदेश सभा सदस्यका उम्मेदवार खड्ग पोखरेलले संविधानको रक्षा र सुर्खेतको परिवर्तनका लागि गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न आग्रह गरे ।
१ (ख) का उम्मेदवार कृष्ण जिसी जीतेन्द्रले यो गठबन्धन स्वार्थका लागि नभई ओलीको अत्याचार विरुद्धको भएको बताए । साथै उनले गठबन्धनलाई भड्काउन विगतका कुरा लिएर भावनात्मक कुरालाई प्राथमिकता नराख्न आग्रह गरे ।
सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का प्रधानमन्त्रीको लागि दाबेदार छन् भने प्रदेशको मुख्यमन्त्रीका लागि २ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार विन्दमान विष्ट दाबेदार छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ: कृषि मन्त्री
-
तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट
-
पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण