नौ लाख नगदसहित रौतहटबाट एक भारतीय नागरिक पक्राउ
रौतहट स्थित प्रहरी गस्ती टोलीले नौ लाखभन्दा बाढी अवैध रुपैयाँसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार सीतामढी जिल्ला बैरगनिया-६ का ३६ वर्षीय राजकुमार भगत रहेका छन ।
उनको साथबाट ९ लाख ६४ हजार नेपाली रुपैयाँ बरामद भएको रौतहट प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले बताएका छन् । प्रवक्ता मल्लका अनुसार बुधबार दिउँसो जिल्ला प्रहरीबाट खटिएको प्रहरी गस्ती टोलीले गौर १ ट्रसमिटर चोकमा विभिन्न सवारी साधन तथा पैदल यात्रुहरुलाई चेकजाँच गरिरहेको थियो । सोही क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको मोटरसाईकल चेक जाँच गर्दा स्रोत नखुलेको उक्त रुपैयाँ फेला परेको प्रवक्ता मल्लले जानकारी दिएका छन् ।
बरामद रुपैयाँ र मोटरसाइकलसहित राज कुमार भगतलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण