मकवानपुरमा कमल थापा भर्सेस डीना उपाध्याय, बर्तौला भर्सेस खतिवडा
मकवानपुरका दुई निर्वाचन क्षेत्रमा एमाले र सत्ता गठबन्धनबीच प्रतिस्पर्धा हुने भएको छ । मकवानपुर १ मा एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टिकट दिएको छ । उनको मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धनकी उम्मेदवार कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना) सँग हुनेछ ।
यस्तै राप्रपाका दीपक बहादुरसिंह पनि उम्मेदवार छन् उनको यो क्षेत्रमा राम्रो जनमत रहेको छ । सोही निर्वाचन क्षेत्रबाट जनता समाजवादी पार्टी, नेपालका इन्द्रमान थिङ, नेपाल मजदुर किसान पार्टीका सान्तलाल भैल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका रुपक लामा, मौलिक जरोकिलो पार्टीका सङ्गीन श्रेष्ठ, हाम्रो नेपाली पार्टीका दिपेन्द्र चन्द ठकुरी, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)का कृष्णप्रसाद दाहाल, मंगोल नेशनल अर्गनाइजेसनका युवराज लामा, नेपाली कांग्रेस (बीपी) कासुरेन्द्र भट्टराई, सचेत नेपाली पार्टीका पंचलाल तमाङ, जनसमाजवादी पार्टी नेपालका मनबहादुर दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीका टाका राज थापाले उम्मेदवारी दिएका छन् ।
यस्तै स्वतन्त्रबाट आईताराम तामाङ र सुभाष पौडेलले उम्मेदवारी दिएका छन् । यस्तै मकवानपुर २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महेश कुमार बर्तौला र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का विरोध खतिवडाले उम्मेदवारी दिएका छन् । यो निर्वाचन क्षेत्रमा दुई नेताबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।
यसबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीका राजन मैनाली, नेपाल मजदुर किसान पार्टी का रत्न प्रसाद प्रजापति, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)का उद्धवप्रसाद अधिकारी, मंगोल नेशनल अर्गनाइजेसनका जीवन स्याङतान, नेश्नलिष्ट पिपल्स पार्टीका तुला बहादुर लामा, सचेत नेपाली पार्टीका कुलेन्द्रदिप विक्रम न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले उम्मेदवारी दिएका छन् । यस्तै स्वतन्त्रबाट प्रदिप कालाखेतीले उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण