कपिलवस्तुका तीन क्षेत्रमा ५० उम्मेदवार
प्रतिनिधिसभा अन्तर्गत तीन निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा ५० उम्मेदवार चुनावी मैदानमा छन् । क्षेत्र नम्बर १ मा चार स्वतन्त्रसहित २१ जना, क्षेत्र नम्बर २ मा पाँच स्वतन्त्रसहित ११ जना र क्षेत्र नम्बर ३ मा ८ स्वतन्त्रसहित १८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
क्षेत्र नम्बर १ मा एमालेले बलराम अधिकारीलाई उम्मेदवार बनाएको छ । सत्तारुढ गठबन्धनबाट भने यहाँ नेकपा माओवादी केन्द्रका चक्रपाणी खनाल उम्मेदवार बनेका छन् । उनी २०७४ को निर्वाचनमा पनि विजयी भएका थिए ।
यो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुव बहादुर रायमाझी, नेपाल मजदुर किसान पार्टीबाट यमलाल चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट रवीन्द्रनाथ मिश्र, जनमत पार्टीबाट नरेन्द्र प्रसाद चौधरी, हाम्रो नेपाली पार्टीबाट देवेन्द्र कुमार शर्मा, जनता प्रगतिशील पार्टीबाट श्रवण कुमार उपाध्याय, नागरिक उन्मुक्ति पार्टीबाट राम मिलन थारु, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राम नरेश कलवार, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी)बाट युवराज शर्मा आचार्य, मंगोल नेशनल अर्गनाइजेसनबाट उत्तमसिंह राना, राष्ट्रिय जनमुक्ति पार्टीबाट उत्तम आले, बहुजन शक्ति पार्टीबाट तपेसरी कहार, एकीकृत शक्ति नेपालबाट बसन्त पोख्रेल, नेपाल संघीय समाजवादी पार्टीबाट बीर बहादुर चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सन्जूसिंह विष्ट उम्मेदवार छन् ।
यस्तै, शेरबहादुर यादव, गितादेवी पौडेल, योगेश क्षेत्री, ललित गुरुङ स्वतन्त्र उम्मेदवार छन् । क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट बृजेशकुमार गुप्ता उम्मेदवार छन् । उनी २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । सत्तारुढ गठबन्धनबाट यो क्षेत्रमा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य उम्मेदवार छन् ।
यो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सविता शर्मा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अकबाल अहमद शाह, नेपालका लागि नेपाली पार्टीबाट विश्वनाथ यादव, मंगोल नेशनल अर्गनाइजेसनबाट सुर्यबहादुर थापा उम्मेदवार छन् ।
यहाँ जितेन्द्र पान्डेय, विजय नन्द चौवे, सकिल मोहम्मद फकिर, प्रहलाद प्रसाद कहाँर र कृष्ण आचार्य स्वतन्त्र उम्मेदवार छन् ।
क्षेत्र नम्बर ३ मा नेकपा एमालेले मंगल प्रसाद गुप्तालाई उम्मेदवार बनाएको छ । सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका अभिषेक प्रताप शाह उम्मेदवार छन् । शाह २०७४ मा वाम गठबन्धनका बाबजुद नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
यो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रकाश रजौरिया, जनमत पार्टीबाट नरसिंह चौधरी, मौलिक जरोकिलो पार्टीबाट यम नाथ उपाध्याय, जनता प्रगतिशील पार्टीबाट ईश्वर दयाल मिश्र, मंगोल नेशनल अर्गनाइजेसनबाट केशबहादुर थापा, नेपाल जनता पार्टीबाट गीता शुक्ला, बहुजन शक्ति पार्टीबाट रामचन्द्र कोरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दिपक बेल्वासे उम्मेदवार छन् ।
यस्तै, परमेश्वर दयाल मिश्र, कृष्णकुमार उपाध्याय, धर्मकिशोर मुराउ मौर्य, गणेश कुमार जिसी, मनीराम कोहार, बिनोद कुमार कोरी, बालाजी चौधरी कुर्मी र आरती रजौरिया भुसालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण