गोंगबुबाट ११ जना जुवाडे पक्राउ
काठमाडौंको गोंगबु स्थित गेस्ट हाउसबाट प्रहरीले ११ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । गोंगबु स्थित ओयो गेस्ट हाउसमा जुवा खेलिरहेको अवस्थामा आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बहादुर बोहराले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा मकवानपुर घर भएका ४२ वर्षीय कृष्णबहादुर बल, गोरखा घर भएका ३७ वर्षीय मनोजकुमार श्रेष्ठ, नवलपरासीको कावासोती घर भएका ३४ वर्षीय लिलाबहादुर ठाडामगर, काठमाडौं चन्द्रागिरी घर भएका ५६ वर्षीय विनोदकुमार केसी छन् ।
त्यस्तै,गोरखाका खुसिमान गुरुङ, मन्जित गुरुङ, पाँचथरका मित्रप्रसाद ढकाल, लमजुङ घर भएका क्षेत्रबहादुर गुरुङ र कास्की घर भएका सूर्य बहादुर गुरुङसहित ११ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र वृत महाराजगन्जबाट खटिएको प्रहरी टोलीले जुवा खालबाट ४ लाख २५ हजार नगद बरामद गरेको छ । बिहिबार साँझ पक्राउ परेकाहरुको साथबाट ६ बुक तास बरामद गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण