बेगनास तालमा ढुंगा दुर्घटना : एक जना बेपत्ता, एकको उद्धार
शुक्रबार, २८ असोज २०७९, १८ : २९
पोखराको बेगनास तालमा शुक्रवार ढुंगा दुर्घटना भएको छ । दिउँसो सवा ३ बजे बेगनास तालमा घुम्न पुगेका श्रीमान्÷श्रीमती दुर्घटनामा परेका हुन् ।
ढुंगा दुर्घटनामा श्रीमतीको उद्धार गरिएको छ भने श्रीमान् बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले जानकारी दिए । बेपत्ता हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १३ निवासी लालबहादुर गुरुङ छन् । दुर्घटना लगत्तै स्थानीयले श्रीमतीलाई उद्धार गरेको र गुरुङ बेपत्ता रहेको डिएसपी तिवारीले बताए ।
‘उहाँको खोजी कार्य भइरहेको छ । बेगनास ताल घुम्न जानुभएको उहाँहरूको ढुंगा एक्कासि पल्टिएको स्थानीयहरूले बताउनुभएको छ । अहिले स्थानीयको सहयोगमा श्रीमतीलाई उद्धार गरिएको छ,’ तिवारीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण