नेपालको संविधान अझै खतरामा छ : मन्त्री चौधरी
नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले नयाँ संविधान खतरामा रहेको बताएका छन् । क्षेत्र नं १(क), दाङको लालमटियामा आयोजित गठबन्धन दलको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले संकटको बेला नेपालका दलहरु एक ठाउँमा आउने गरेको इतिहास रहेका बताउँदै अहिले संविधानको रक्षार्थ दलहरुबीच गठबन्धन बनेको बताए ।
मन्त्री चौधरीले भने, ‘विश्वमै उत्कृष्ट संविधान हामीले मिलेरै बनाऔँ । समाजमा पिछडिएका वर्ग र तप्काका मानिसहरुलाई राज्यको मुल धारमा ल्याउने कानुनी व्यवस्था गरियो । हरेक दृष्टिकोणले प्रगतिशील संविधान बन्यो । तर केपी ओलीलाई याे पचेन । त्यसकारण यतिबेला नेपालको संविधानमाथि तरबार झुण्डिएको छ ।’
राप्ती कोरिडोर, घोराहीलाई बेस मानेर घोराही –लमही, घोराही –तुल्सीपुर, लमही –रिहारसम्म पोड वेको डिपिआरको तयारी, स्वर्गद्धारी पुग्ने केवलकार, श्रीनारायण चोकदेखि स्वर्गद्धारी जोड्ने बाटो निर्माण जस्ता महत्वपूर्ण योजनाहरु आफूले अघि सारेको बताउँदै चौधरीले आफ्नै कारण मुलुकमा खरको छानो हटाउने राष्ट्रिय अभियान चलेको सुनाए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजीत थारु, माओवादी केन्द्रका जिल्ला इन्चार्ज निर्मल आचार्य, जनमोर्चा नेपालका जिल्ला अध्यक्ष गणेश आचार्य, कांग्रेसका क्षेत्रीय अध्यक्ष भेषराज पाण्डे, एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य तिलक केसी, कांग्रेसका लुम्बिनी प्रदेश सदस्य देव नारायण चौधरी लगायतले गठबन्धनका पक्षमा मतदान गर्न कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण