कास्की–२ का गठबन्धनका उम्मेदवारहरूको परिचय कार्यक्रम
कास्की २ का गठबन्धनका उम्मेदवारहरूको परिचय कार्यक्रम सम्पन्न भएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरूको परिचय कार्यक्रम सम्पन्न भएको हो ।
कास्की क्षेत्र नं २ मा प्रतिनिधि सभाका लागि एकीकृत समाजवादीका नेता श्रीनाथ बरालले उम्मेदवारी दिएका छन् । यस्तै कास्की क्षेत्र नं. २ (क) मा प्रदेश सभा सदस्यका लागि नेकपा माओवादीबाट विश्वप्रकाश लामिछानेले उम्मेदवारी दिएका छन् भने कास्की क्षेत्र नं २(ख) मा प्रदेश सभा सदस्यका लागि नेपाली काँग्रेसबाट विन्दु कुमार थापाले उम्मेदवारी दिएका छन् ।
तीनै नेताले शनिबार आयोजित उम्मेदवार परिचय तथा निर्वाचन प्रचारप्रसार समिति घोषणा कार्यक्रममा आफ्नो प्रतिबद्धता प्रस्तुत गरे । प्रतिनिधि सभा सदस्यका उम्मेदवार श्रीनाथ बरालले संविधान जोगाउनका लागि र संसद्को संरक्षणका लागि पाँच दलीय गठबन्धनको आवश्यकता परेको बताए । कास्की २ (ख) मा प्रदेश सभा सदस्यका रूपमा नेपाली काँग्रेसको तर्फबाट गठबन्धनका साझा उम्मेदवार विन्दु कुमार थापाले २०७४ सालको निर्वाचनमा जस्तै यसपालि पनि मतदाताहरूले साथ दिने अपेक्षा व्यक्त गरे ।
कास्की २(क)मा प्रदेश सभा सदस्यमा आफ्नो उम्मेदवारी दिएका नेकपा माओवादीका नेता विश्वप्रकाश लामिछानेले समाज रूपान्तरणका लागि आफ्नो उम्मेदवारी भएको बताए । कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष डा. विजय कँडेलले देशमा कृषि बजारीकरणको आवश्यकतालाई जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण