एनसीसी बैंकले ३ प्रतिशत बोनस सेयरसहित घोषणा गर्यो लाभांश
आइतबार, ३० असोज २०७९, १२ : ४१
एनसीसी बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । नेपाल स्टक एक्सचेञ्जलाई दिएको जानकारीअनुसार कम्पनीले ११ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।
कम्पनीले आफ्ना लगानीकर्तालाई ३.३६६३ प्रतिशतले हुन आउने ३७ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । यस्तै, ७.६३३७ प्रतिशतले हुन आउने ८५ करोड ३ लाख ६६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको छ ।
बैंकले हाल कायम रहेको कम्पनीको चुक्तापूँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार रुपैयाँको उक्त प्रतिशत लाभांश वितरण गर्ने भएको हो । बैंकको ९१० औं बोर्ड बैठकले गरेको लाभांश वितरणको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण