एनसीसी बैंकले ३ प्रतिशत बोनस सेयरसहित घोषणा गर्यो लाभांश
आइतबार, ३० असोज २०७९, १२ : ४१

एनसीसी बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । नेपाल स्टक एक्सचेञ्जलाई दिएको जानकारीअनुसार कम्पनीले ११ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।
कम्पनीले आफ्ना लगानीकर्तालाई ३.३६६३ प्रतिशतले हुन आउने ३७ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । यस्तै, ७.६३३७ प्रतिशतले हुन आउने ८५ करोड ३ लाख ६६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको छ ।
बैंकले हाल कायम रहेको कम्पनीको चुक्तापूँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार रुपैयाँको उक्त प्रतिशत लाभांश वितरण गर्ने भएको हो । बैंकको ९१० औं बोर्ड बैठकले गरेको लाभांश वितरणको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म
-
साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने
-
अख्तियारमा सोलुखुम्बुका ७० उजुरी दर्ता
-
सिस्नुको सुपदेखि कटहरको छोइलासम्मका परिकारको प्रदर्शनी तस्बिरमा
-
नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा
-
खानाको परिकारबाट कृषि पर्यटन प्रवर्द्धन गर्न ‘भोजनलिपि स्वाद’