अवैध लागूऔषधसहित काठमाडौंबाट ४ जना पक्राउ
अवैध लागूऔषधसहित काठमाडौंबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१७ धोबिचौरबाट नियन्त्रित लागूऔषध नुर्फिन ३५ एम्पुल, डाइजेपाम ३५ एम्पुल, फेनारगन ३५ एम्पुल र नगद २ हजार ५ सय रुपैयाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
दाङको घोराही उपमहानगरपालिका–१३ डुमरगाँउबाट ५ ग्राम ४ सय ३० मिलिग्राम खैरो हेरोइनसहित सोही उपमहानगरपालिका–१५ बस्ने २२ वर्षीय सरोज महरा क्षेत्रीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनको शरीर तलासी गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका–१२ हरिगवा स्थित आँपको बगैँचाबाट १३ ग्राम ३ सय ४० मिलिग्राम ब्राउन सुगरसहित सोही नगरपालिका–१२ मानपुर बस्ने ३१ वर्षीय ओम प्रकाश पाललाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनको शरीर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण