मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

गोरखा १ मा बन्यो गठबन्धन निर्वाचन परिचालन कमिटी

आइतबार, ३० असोज २०७९, १६ : ४३
आइतबार, ३० असोज २०७९

गोरखा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश र प्रतिनिधिसभा उम्मेदवारलाई विजयी गराउन निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । नेकपा माओवादी केन्द्रका नेता अमर तमुको अध्यक्षतामा आइतबार बसेको बैठकले गठबन्धन दलका नेताहरुलाई समेत राखेर निर्वाचत परिचालन कमिटी निर्माण गरिएको हो ।  क्षेत्र नम्बर १ प्रतिनिधिसभातर्फ ८ सदस्यीय कमिटी बनाइएको छ । जसमा माओवादी केन्द्रबाट अमर तमु र जगन्नथान खनाल कांग्रेसबाट इमानसिंह बस्नेत र नारायण लामिछाने, एकीकृत समाजवादीबाट नारायणध्वज खड्का र टेकराज भट्ट, नेपाल समाजवादीबाट गोपालबहादुर श्रेष्ठ र रोहिणीप्रसाद पाण्डे  रहेका छन् ।

त्यस्तै प्रदेशसभातर्फ  गोरखा १ ‘क’ मा चार दलका नेताहरुलाई राखेर ८ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । जसमा कांग्रेसका तर्फबाट कमला लामिछाने, खुमप्रसाद लामिछाने, माओवादीबाट अंकुर तिमिल्सेना, ध्रुवकुमार भट्ट, एकीकृत समाजवादीबाट कविता अर्याल, पजल मिया र नेपाल समाजवादीबाट ज्योति कोइराला र दिनेश जोशी छन् । 

यस्तै प्रदेश सभा ‘ख’ चारै दलका ८ जनालाई राखेर निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । जसमा कांग्रेसबाट इश्वर अधिकारी, ठाकुर भट्ट, माओवादीबाट छमबहादुर गुरुङ, ऋषि खनाल, एकीकृत समाजवादीबाट अन्जन भट्ट, ईश्वरी भट्ट, नेपाल समाजवादीबाट गणेश कार्की र वसन्त देवकोटा छन् । यस्तै स्थानीय तहलाई समेत जोड्ने गरी निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । जसमा गोरखा नगरपालिका, सहिद लखन थापा, भीमसेन थापा, आरुघाट, धार्चे र चुमनुव्री गाउँपालिका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप