डेंगु बिरामीको संख्या ४० हजार नाघ्यो, ४८ जनाको मृत्यु
आइतबार, ३० असोज २०७९, १६ : ५१
नेपालमा डेंगु बिरामीको संख्या ४० हजार नाघेको छ । गत साउन १ गतेयता हालसम्म उक्त संख्यामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
पछिल्लो चौबिस घण्टामा १ हजार १११ जना डेंगुका बिरामी थपिएपछि कुल संख्या ४० हजार नाघेको हो । योसँगै नेपालमा कुल डेंगु बिरामीको संख्या ४० हजार २९ पुगेको छ ।
बितेको चौबिस घण्टामा डेंगुका कारण एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म डेंगुका कारण ४८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशका ७७ जिल्लामा डेंगुका बिरामी भेटिएका छन् ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण