४०० मिटर हर्डल्समा नयाँ कीर्तिमान, हाइजम्पमा खत्री र सिंजालीलाई स्वर्ण
४०० मिटर हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान राख्दै स्वर्ण पदक जितेकी छिन्।
जयरानीले यसअघि आफैले बनाएको १ मिनेट ०७.०२ सेकेन्डको समयमा सुधार गर्दै १ मिनेट ०४ः१३ सेकेन्ड (ह्यान्ड टाइमिङ) को नयाँ कीर्तिमान बनाएकी हुन् । एपीएफकी भागरती कुमारी थारु १ मिनेट ०६.०६ सेकेन्ड को समयकाम साथ रजत र एपिएफ कल्पना श्रेष्ठ १ मिनेट ०६.५१ कास्य पदक प्राप्त गरिन् ।
हाइजम्पमा खत्री र सिंजालीलाई स्वर्ण
एथ्लेटिक्सको पुरुष हाइजम्पमा त्रिभुवन आर्मी क्लबका सूर्य बहादुर खत्रीले स्वर्ण पदक जिते। खत्रीले १.९० मिटरको उचाई नाघेर स्वर्ण जितेका हुन् । यसैगरी बागमती प्रदेशका निकेश महतोले १.७५ मिटर उचाई नाघेर रजित तथा तथा नेपाल पुलिसका रोशन दनुवारले १.७५ मिटरनै उचाई नाघेर काँस्य जित्न सफल भए।
यसैगरी महिला हाइजम्पमा नेपाली सेनाकी खगिता सिंजाली मगरले स्वर्ण पदक जितिन्। सिंजाली मगरले १.५२ मिटर जम्प गर्दै स्वर्ण जितेकी हुन्। सेनाकै विन्दु थनेतले १.५० मिटर जम्प गर्दै रजत तथा गण्डकीकी सीमा श्रेष्ठले १.४२ मिटर जम्प गर्दै कास्य पदक जित्न सफल भइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुजालाई केन्द्रीय सदस्य बनाउने निर्णयबाट किन पछि हट्यो आयोग ?
-
जर्मनीको प्रशिक्षकत्व सम्हाल्न क्लोप सहमत, नागेल्समानको स्थान लिने
-
१० बजे १० समाचार : आत्मदाहको प्रयास गरेका राउतको निधन, होल्डिङ सेन्टरका सुकुम्बासीको बिचल्ली
-
विश्वकप क्वार्टरफाइनल : मेस्सीले फेरि देखाउलान् जादु ?
-
बझाङ जिप दुर्घटना अपडेटः ३ जनाको मृत्यु, १३ जना घाइते
-
जेनजी अभियन्तामाथि भएको कुटपिट र धरपकडप्रति प्रलोपाको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण