क्यामिलाले लाउने छैनन् एलिजावेथ द्वितियाले लगाउने गरेको कोहिनूर जडित मुकुट
बेलायतमा अर्को वर्ष मे ६ मा राजा चार्ल्सको राज्याभिषेक हुँदैछ । सो समारोहमा राजा चार्ल्सकी श्रीमती क्यामिला पार्करले कोहिनुर जडित शाही मुकुट नलगाउने राजदरबारले निर्णय गरेको छ । परम्पराअनुसार अर्को वर्ष हुने राजा चार्ल्सको राज्याभिषेकमा क्यामिलाले ब्रिटिश भारतबाट बेलायत लगिएको कोहिनुर जडित मुकुट लगाउनुपर्ने थियो । तर अब राजदरबार विवादमा फस्नबाट बच्न परम्पराबाट पछि हट्न लागेको स्रोतले जनाएको छ ।
राजा चार्ल्सको राज्याभिषेक अर्को वर्ष मे ६ मा वेस्टमिन्स्टर एबेमा हुनेछ । राजनीतिक संवेदनशीलताका कारण नयाँ रानीलाई उनको राज्याभिषेकमा कोहिनुर हीराको मुकुट लगाइने छैन । ब्रिटिश शाही परिवारका पुरुष सदस्यहरूले सो मुकुट लगाउँदा फाप्दैन भनेर लगाउने चलन छैन ।
शिख सम्राट दिलिप सिंहले दिएका थिए हिरा
विगतमा महारानी एलिजाबेथ द्वितीयाले उनको राज्याभिषेकमा लगाएको अमूल्य मुकुटमा २८०० हिरा जडित छन्, जसमा प्रसिद्ध १०५ क्यारेट कोहिनुर हिरा पनि समावेश छ । यो संसारको सबैभन्दा ठूलो काटिएको हिरामध्ये एक हो ।
यो भारतका अन्तिम सिख सम्राट दलीप सिंहले रानी भिक्टोरियालाई उपहार दिएका थिए । यद्यपि हिरा दिएको विषयमा विवाद छ । त्यसैले भारतमा यो हिरा देश फर्काउनुपर्ने माग उठ्ने गर्छ । ब्रिटिशकालीन समयमा भारतको हिस्सा रहेका पाकिस्तान र बंगलादेशले पनि कोहिनुर हिरामाथि दाबी गर्ने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण