बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

क्यामिलाले लाउने छैनन् एलिजावेथ द्वितियाले लगाउने गरेको कोहिनूर जडित मुकुट

आइतबार, ३० असोज २०७९, २१ : ३१
आइतबार, ३० असोज २०७९

बेलायतमा अर्को वर्ष मे ६ मा राजा चार्ल्सको राज्याभिषेक हुँदैछ । सो समारोहमा राजा चार्ल्सकी श्रीमती क्यामिला पार्करले कोहिनुर जडित शाही मुकुट नलगाउने राजदरबारले निर्णय गरेको छ । परम्पराअनुसार अर्को वर्ष हुने राजा चार्ल्सको राज्याभिषेकमा क्यामिलाले ब्रिटिश भारतबाट बेलायत लगिएको कोहिनुर जडित मुकुट लगाउनुपर्ने थियो । तर अब राजदरबार विवादमा फस्नबाट बच्न परम्पराबाट पछि हट्न लागेको स्रोतले जनाएको छ ।

राजा चार्ल्सको राज्याभिषेक अर्को वर्ष मे ६ मा वेस्टमिन्स्टर एबेमा हुनेछ । राजनीतिक संवेदनशीलताका कारण नयाँ रानीलाई उनको राज्याभिषेकमा कोहिनुर हीराको मुकुट लगाइने छैन । ब्रिटिश शाही परिवारका पुरुष सदस्यहरूले सो मुकुट लगाउँदा फाप्दैन भनेर लगाउने चलन छैन । 

शिख सम्राट दिलिप सिंहले दिएका थिए हिरा

विगतमा महारानी एलिजाबेथ द्वितीयाले उनको राज्याभिषेकमा लगाएको अमूल्य मुकुटमा २८०० हिरा जडित छन्, जसमा प्रसिद्ध १०५ क्यारेट कोहिनुर हिरा पनि समावेश छ । यो संसारको सबैभन्दा ठूलो काटिएको हिरामध्ये एक हो ।

यो भारतका अन्तिम सिख सम्राट दलीप सिंहले रानी भिक्टोरियालाई उपहार दिएका थिए । यद्यपि हिरा दिएको विषयमा विवाद छ । त्यसैले भारतमा यो हिरा देश फर्काउनुपर्ने माग उठ्ने गर्छ ।  ब्रिटिशकालीन समयमा भारतको हिस्सा रहेका पाकिस्तान र बंगलादेशले पनि कोहिनुर हिरामाथि दाबी गर्ने गर्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप