आर्सनल शीर्ष स्थानमा कायमै
आइतबार, ३० असोज २०७९, २२ : ०१
नाटकीय खेलमा लिड्स युनाइटेडलाई हराउँदै आर्सनल इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा कायम रहेको छ । आइतबार राति भएको खेलमा बुकायो साकाले पहिलो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्यो । यो सिजन उनले चार गोल गर्नुका साथै पाँच वटा गोलको अवसर सिर्जना गरेका छन् ।
खेलको सुरुवातमा बत्तीमा समस्या आएपछि खेल ४० मिनेट ढिला भएको थियो । खेलको अन्त्यतिर रेफ्री क्रिस काभानागले आर्सनलका ग्याब्रियललाई रातोकार्ड देखाउँदै लिड्सलाई पेनाल्टी दिएका थिए । तर, भिडियो एसिस्ट रेफ्रीको सहायतापछि उनले उक्त निर्णय उल्टाएका थिए । १० खेलपछि आर्सनलको २७ अंक रहेको छ । लिड्स भने ९ अंकसहित लिगको १५ औँ स्थानमा सीमित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण