फिल्म ‘भागवत गीता’ को नाम परिवर्तन हुने
सोमबार, ३१ असोज २०७९, १२ : ४३
झरना थापाको निर्देशन रहने फिल्म ‘भागवत गीता’ को नाम परिवर्तन हुने भएको छ । फिल्मको नाम ‘भागवत गीता’ को राखिएको बिषयमा चलचित्र विकास बोर्डमा उजुरी परेपछि फिल्मको नाम परिवर्तन गर्न लागिएको निर्माण युनिटले जनाएको छ ।
सुनिलकुमार थापाको निर्माण रहने फिल्मको छायांकन मंसिर ९ गतेबाट सुरु हुनेछ । फिल्मको छायांकन गत साउनबाट सुरु हुने बताइए पनि निर्माता सुनिलकुमार थापा बिरामी भएका कारणले छायांकनमा ढिलाई भएको हो ।
फिल्मलाई विसं २०८० सालको वैशाख १ गते रिलिज हुनेछ । सुहाना थापाको मुख्य भुमिका रहने फिल्मका नायक भने छनौट हुन बाँकी रहेको छ । फिल्मको छायांकन जनकपुर र दार्चुलामा हुने निर्माण युनिटले जानकारी दियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण