वैदेशिक रोजगारीमा गएकाहरुलाई घर फर्किन कोका–कोलाको सहयोग
करिब साढे ३० लाख नेपाली वैदेशिक रोजगारीको सिलसिलामा नेपाल बाहिर छन् । तीमध्ये एकदमै थोरै मात्र हरेक वर्षको दसैंमा घर आउन सक्छन् । एक त कमजोर आर्थिक अवस्था, त्यसमाथि फेरि कोरोना कहरले यस्ता धेरै नेपालीहरु घर फर्कन पाएनन् ।
नेपालीहरुको महान चाड विजयादशमी तथा दीपावलीको अवसर पारेर कोका–कोला नेपालले यस्तै नेपालीहरुलाई चाडबाड मनाउन घर फर्कने व्यवस्था गरेको छ । ‘सम्बन्ध उत्सव स्वाद’सँग क्याम्पेन अन्तर्गत कोका–कोलाको वैदेशिक रोजगारीको सिलसिलामा कुवेत गएका र धेरै लामो समयसम्म आफ्नो परिवारसँग टाढा रहेका १४ जना नेपालीलाई नेपाल ल्याएको हो ।
यसरी घर फर्कन नपाउनेमध्ये एक हुन्, कान्छी माया तामाङ्ग । स्वदेश फर्किन पाएकामा खुसी व्यक्त गर्दै उनले भनिन्, “११ वर्षदेखि म वैदेशिक रोजगारमा छु । हरेक वर्ष विशेष गरी दसैं र तिहारमा आफ्नो परिवारसँग हुन नपाउँदा साह्रै पीडा हुन्थ्यो । तर यो वर्ष भने बल्ल म नेपाल आउन पाएको छु र परिवारसँग दसैंँ–तिहार मनाउन पाएको छु, मेरो खुशीको सीमा नै छैन । ६ वर्ष पछि मलाई घर ल्याइदिएकोमा कोका–कोलालाई धेरै–धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु ।”
कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले कोका–कोलाले सम्बन्धहरूमा विश्वास गर्ने भन्दै खास गरी यस्ता चाडबाडको समयमा सम्बन्धहरूलाई अझै नजिक बनाएर म्याजिक छर्न छरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण