बारामा एमाले प्रदेश कमिटी सदस्यसहित ९७ जनाद्वारा सामूहिक राजीनामा

बारामा नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्यसहित ९७ जनाले सामूहिक रूपमा पार्टी परित्याग गरेको घोषणा गरेका छन् । सोमबार विज्ञप्ति जारी गरेर एमाले मधेस प्रदेश सदस्य विश्वनाथ लामिछाने, जितपुरसिमरा नगर कमिटी उपाध्यक्ष वीरेन्द्र गिरी,पूर्व जिल्ला कमिटी सदस्यहरू मोजाहिर अन्सारी,कपुरराज पुरी, विष्णु प्रसाद अधिकारी, माधव फुयाँल, प्रदीप कुमार गुप्ता, जाफिर हुसेन मन्सुर, तार्केश्वर साह सोनार लगायत ९७ जनाले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
एमाले पूर्व जिल्ला कमिटी सदस्य विष्णुप्रसाद अधिकारीले पार्टीभित्र फरक मत राख्नेलाई पाखा लगाएर पैसा र पहुँच भएका व्यक्तिहरू हाबी भएकोले सामूहिक राजीनामा दिनुपरेको बताएका छन् । अधिकारीले भने ‘पार्टीभित्र २० औ वर्षदेखि निस्वार्थ ढङ्गले हामी सेवा गर्ने तर आज पद लिने बेलामा हिजो साइकल छापबाट चुनाव लडेर सेवा सुविधा उपभोग गरेकालाई आज हामीले फेरि सूर्यमा भोट दिएर जिताउनुपर्ने ?’
बारा–४ मा एमाले–जसपा गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा एकवाल मियाँ र प्रदेश तर्फ ४ (क) मा एमालेका पूर्व जिल्ला अध्यक्ष देवनारायण चौधरी र ४ (ख) मा जसपाबाट आत्मराम साहले उम्मेदवारी दिएका छन् । बारा–४ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार मियाँले मनोनयन दर्ताको अघिल्लो दिन राति पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगेर पार्टी प्रवेश गरेलगत्तै बारा क्षेत्र नं ४ को टिकट ल्याएको भन्दै एमाले जिल्ला नेतृत्वभित्र ठुलो असन्तुष्टि रहेको थियो ।
२०७४ को निर्वाचनमा बारा ४ मा प्रतिनिधि सभा सदस्यमा चौधरी मियाँसँग पराजित भएका थिए । तर यसपटक मङ्सिर ४ गते हुने निर्वाचनमा २०७४ का दुई निकटतम प्रतिस्पर्धी एउटै गठबन्धन भित्र संघ र प्रदेशमा उम्मेदवार बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर