एमालेसँगको तालमेलले राप्रपामा विवाद, २ दर्जन नेता राजेन्द्र लिङ्देनको विपक्षमा
बुधबार, ०२ कात्तिक २०७९, २२ : ४२
आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि नेकपा एमालेसँग भएको तालमेलका कारण राप्रपामा विवाद देखिएको छ । बुधबार २ दर्जन नेताले निर्वाचनमा पार्टीले अख्तियार गरेको नीति र निर्णयबाट गम्भिर क्षति पुग्ने ठहरसहित अध्यक्ष राजेन्द्र लिङदेनलाई सचेतना पत्र बुझाएपछि उक्त विवाद बाहिर आएको हो । उनीहरुले अध्यक्ष लिङदेनलाई उक्त निर्णय तत्काल सच्याउन समेत आग्रह गरेका छन् ।
सचेतना पत्रमा भनिएको छ : ‘यही मंसिर ४, २०७९ मा हुन गैरहेको संघीय तथा प्रदेश निर्वाचनमा हाम्रो पार्टीले अख्तियार गरेको नीति र निर्णयबाट पार्टीलाई दुरगामी एवम् गम्भीर क्षति पुग्ने ठहर गरेका छौं । अतः उक्त निर्णयलाई तत्काल सच्याउनका लागि ध्यानाकर्षण गर्दछौं ।’




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
-
कक्षा १–५ सम्म आन्तरिक परीक्षा स्थगन सरकारको कार्यसूचीमा मात्रै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण