आवश्यकता खच्चडको हैन, १२ चक्के ट्रकको हो : सुदन किराती
नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभा भोजपुरका गठबन्धन उम्मेदवार सुदन किरातीले अहिले जनतालाई खच्चडको हैन १२ चक्के ट्रकको आवश्यकता रहेको बताएका छन् । भोजपुरको हतुवागढी गाउँपालिकाको केन्द्र (घोरेटारमा) आयोजित गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै किरातीले यस्तो बताएका हुन् ।
एमाले नेता शेरधन राईले ‘दुई–दुई पटक सांसद भएर पनि सुदन किरातीले केही गर्न नसकेको’ भनि लगाएको आरोपको खण्डन गर्दै किरातीले यसो भनेका हुन् । राईप्रति इंगित गर्दै किरातीले भने, ‘मेरो प्रतिस्पर्धीले जति गर्नुभयो अब त्योभन्दा बढी गर्न सक्नुहुन्न ।’
‘अबको जमाना भनेको बुलेट रेलको हो । ट्याक्टरले बोक्ने भारी खच्चडलाई बोकाएर हुँदैन’ किरातीले भने ‘बुलेट रेलको जमानामा खच्चडको उपयोगिता हुन सक्दैन ।’ शेरधन राईले आफूलाई मन्त्रीको दावेदार रहेको बताउँदै आएपनि किरातीले उनी मन्त्री हुन नसक्ने समेत बताएका थिए । ‘अब बन्ने सरकार गठबन्धनको सरकार हुन्छ । मन्त्री पद सधैंभरी शेरधनको नाममा तमसुक गरिएको छैन,’ उनले भने ।
किरातीले आफू सांसद पदमा रहँदा मन्त्री हुन नसके पनि भोजपुरे जनताको शिर निहुराउने काम नगरेको दाबी गरे । ‘शेरधनीसँग जनताको कुरा संसदमा पु¥याउने हिम्मत छ कि छैन ?’ किरातीले भने, ‘तर, मैले जनताको समस्यालाई जहिल्यै शिर ठाडो पारेर निर्धक्क किन बोलिरहे, किनभने मसँग त्यो नैतिक बल छ ।’
राईले आफ्नो कार्यकालमा रानीटार–चखेवा सडकखण्डको ९२ किलोमिटर कालोपत्रे र रानीटार हुँदै सुनबालुवा, अरुण, साल्पासम्मको सडक कालो पत्रेका योजना पार्न सफल भएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण