सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशी मुद्राको सञ्चिति ९ अर्ब ३५ करोड डलर कायम, ७.७ महिनाको आयात धान्न पुग्ने

शुक्रबार, ०४ कात्तिक २०७९, १३ : २७
शुक्रबार, ०४ कात्तिक २०७९

नेपाल राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म राज्यको ढुकुटीमा ९ अर्ब ३५ करोड अमेरिकी डलर सञ्चितिमा रहेको छ । यस्तो सञ्चिति नेपाली रुपैयाँमा ११ खर्ब ८९ अर्ब १६ करोड रहेको र यसले ९ महिनाको वस्तु आयात र ७.७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ । 

२०७९ असार मसान्तमा सम्म यस्तो विदेशी मुद्राको सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । असार मसान्तको तुलनामा भदौमा कुल विदेशी मुद्राको सञ्चितिमा २.२ प्रतिशतले कमी आएको हो ।  कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेको रुपैयाँ रहेकोमा २०७९ भदौ मसान्तमा ०.५ प्रतिशतले कमी आई १० खर्ब ५१ अर्ब ५३ करोड कायम भएको समेत बैंकले जनाएको छ । 

२०७९ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायकसँगका अनुपातहरु क्रमशः २४.५ प्रतिशत, ६४.६ प्रतिशत र २१.८ प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप