कुन पार्टीबाट कति छन् महिला र पुरुष उम्मेदवार ?
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि १ सय ६५ निर्वाचन क्षेत्रमा २ हजार ४१२ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभा सदस्यका लागि दलहरुले धेरै संख्यामा पुरुष उम्मेदवार खडा गरेका छन् भने महिला उम्मेदवारलाई कम प्राथमिकता दिएका छन् ।
प्रतिनिधिसभा तर्फ २ हजार १८७ पुरुष उम्मेदवार रहँदा २२५ महिला उम्मेदवार रहेका छन् । १४१ कुल उम्मेदवार उठाएको एमालेमा १३० पुरुष उम्मेदवार रहेका छन् भने ११ जना महिला उम्मेदवार रहेका छन् । १४० कुल उम्मेदवार उठाएको राप्रपाले १३२ पुरुष उम्मेदवार र ८ जना महिला उम्मेदवार उठाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले कूल १३१ उम्मेदवार उठाउँदा १२ जना महिला र ११९ जना पुरुष उम्मेदवार उठाएको छ ।
यस्तै नेमकिपाले १०९ उम्मेदवार उठाउँदा ९७ पुरुष र १२ जना महिला उम्मेदवार उठाएको छ । सबैभन्दा धेरै महिला उम्मेदवार उठाउने दलमा नेमकिपा र राष्ट्रिय स्वतन्त्र पार्टी रहन गएको छ । यस्तै मंगोल नेशनल अग्रनाइजेशनले कुल ८८ उम्मेदवार उठाएकोमा ७८ पुरुष र १० महिला उम्मेदवार उठाएको छ । माओवादी केन्द्रले कूल ४६ उम्मेदवार उठाएकोमा ३८ पुरुष र ८ महिला, नेकपा एकीकृत समाजवादीले कूल २१ उम्मेदवार उठाएकोमा १ महिला उम्मेदवार र २० पुरुष उम्मेदवार उठाएको छ ।
यस्तै ८६७ कूल स्वतन्त्र उम्मेदवार मध्ये ७९० पुरुष र ७७ महिला उम्मेदवार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण