बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

आयरल्यान्डमाथि श्रीलंकाको सहज जित

आइतबार, ०६ कात्तिक २०७९, १३ : ०४
आइतबार, ०६ कात्तिक २०७९

आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत सुपर १२ को पहिलो खेलमा श्रीलंका आयरल्यान्डमाथि सहज जित निकालेको छ । आइतबार भएको खेलमा खेलमा श्रीलंकाले आयरल्यान्डलाई ९ विकेटले हराएको हो । ब्लन्डस्टोन एरिनामा आयरल्यान्डले दिएको १२९ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले १५ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो ।

श्रीलंकाका लागि कुशल मेन्डिसले ६८ रनको अर्धशतकीय पारी खेले । ४३ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै धनन्जय डी शिल्भा र चारिता अशलंकाले समान ३१–३१ रन जोडे । आयरल्यान्डका लागि गराथ डेलानीले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो ।

आयरल्यान्डका लागि ह्यारी टेक्टोरले सर्वाधिक ४५ रनको योगदान गरे । त्यस्तै पाउल स्ट्रलिङले ३४ रन जोडे । श्रीलंकाका लागि महेशा थेक्षाना, वानिन्दु हर्शरंगाले दुई –दुई विकेट लिए । जितसँगै समूह २ मा रहेको श्रीलंकाले १ खेलबाट २ अंक जोडेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप