आयरल्यान्डमाथि श्रीलंकाको सहज जित
आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत सुपर १२ को पहिलो खेलमा श्रीलंका आयरल्यान्डमाथि सहज जित निकालेको छ । आइतबार भएको खेलमा खेलमा श्रीलंकाले आयरल्यान्डलाई ९ विकेटले हराएको हो । ब्लन्डस्टोन एरिनामा आयरल्यान्डले दिएको १२९ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले १५ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो ।
श्रीलंकाका लागि कुशल मेन्डिसले ६८ रनको अर्धशतकीय पारी खेले । ४३ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै धनन्जय डी शिल्भा र चारिता अशलंकाले समान ३१–३१ रन जोडे । आयरल्यान्डका लागि गराथ डेलानीले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो ।
आयरल्यान्डका लागि ह्यारी टेक्टोरले सर्वाधिक ४५ रनको योगदान गरे । त्यस्तै पाउल स्ट्रलिङले ३४ रन जोडे । श्रीलंकाका लागि महेशा थेक्षाना, वानिन्दु हर्शरंगाले दुई –दुई विकेट लिए । जितसँगै समूह २ मा रहेको श्रीलंकाले १ खेलबाट २ अंक जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण