प्रभु बैंकले कमायो ७७ करोड खुद नाफा
सोमबार, ०७ कात्तिक २०७९, १० : १९
प्रभु बैंकले चालु आव २०७९/८० को पहिलो त्रैमासमा ७७ करोड २९ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आवको सोही अवधिमा ५७ करोड ७४ लाख रुपियाँ खुद नाफा कमाएको थियो ।
बैंकद्वारा आज प्रकाशित पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ३० करोड ९३ लाख रुपियाँ वितरण योग्य नाफा कमाएको छ । १ खर्ब ७८ अर्ब ६५ करोड रुपियाँ निक्षेप सङ्कलन गरी १ खर्ब ५१ अर्ब ८ करोड रुपियाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकको खराब कर्जा अनुपात १.६८ प्रतिशत रहेको छ ।
यसैगरी, चालु आवको पहिलो त्रैमासमा बैंकको आधारदर, १०.५१ प्रतिशत, स्प्रेडदर ३.९८ प्रतिशत, सीडी रेसियो ८४.३२ प्रतिशत र प्रतिसेयर आम्दानी २२ रुपियाँ १९ पैसा रहेको आज प्रकाशित वित्तीय विवरणमा उल्लेख छ । – न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण